Post has attachment
प्याज खेति गर्ने चाहाने किसानले  अवश्य पढ्नु होला

हावापानी:-
प्याजको वानस्पतिक बृद्धिको लागि कम तापक्रम, छोटो दिन र गानो बढ्नको लागि बढी तापक्रम र लामो दिन चाहिन्छ ।
नेपालमा तराईदेखि पहाडसम्म यसको खेती गर्न सकिन्छ ।

उपयुक्त जातहरू:-
रेड क्रियाले, पुसा रेड नासिक रेड–५३ ,वर्षातको लागि एप्तिफाण्ड डार्क रेड
बीउ छर्ने, बेर्ना रोप्ने र बाली दिने समय:-
वैशाखदेखि चैतसम्म मध्य पहाड, तराइ र भित्री मधेशमा

माटो :-
बढी उत्पादनको लागि खुकुलो, प्रशस्त प्राङ्गारिक पदार्थ भएको बलौटे दुमट माटो उपयुक्त हुन्छ ।

जग्गाको तयारी:-
दुई–तीन पटक २० देखि २५ सेमी गहिरो खनजोत गरी जमिन समथर पार्ने । प्याज खेतीको लागि माथिल्लो सतहको माटो सधैं खुकुलो राख्ने ।

बीऊ दर:-
प्रतिरोपनी ४००–५०० ग्राम (प्रति कठ्ठा २६४–३३० ग्राम) प्रति रोपनी करिब ३३.५०० (प्रति कठ्ठा २२.१००) विरुवा सार्ने ।

मलखाँद:-
रासायनिक मलको परिमाण माटोको उर्वराशक्ति अघिल्लो बाली कम्पोस्ट मलको परिमाण र वालीको जातमा भर पर्दछ ।

विरुवा सार्ने तरिका, उमेर र दुरी:-
ब्याडको साइज १ मिटर चौडाई र लम्बाई आवश्यक अनुसार र उचाई १५ देखि २० सेमी (करिब एक बित्ता) को अग्लो ड्याङ तयार पार्ने ।
वाष्णीकरण कम गर्न बेर्ना सार्नु भन्दा पहिले पातको माथिबाट एक तिहाइ  भाग काटेर फाल्ने ।

बीऊ रोपेको एकदेखि डेढ महिनामा बेर्ना सार्ने ।
एउटा हारदेखि अर्को हार बीचको दूरीको फरक १५ सेमी र बोटदेखि बोट
सम्मको दूरी १० सेमी राख्ने ।बेर्ना सारेको ७ दिनभित्र बेर्ना मरेको ठाउँमा नयाँ बेर्ना सार्ने ।

गोडमेल:-
झारपात हटाएर माटो खुकुलो बनाइ राख्न कम्तीमा ३ पटक गोडमेल गर्ने

सिंचाई र निकास:-
पहिलो पटक बेर्ना रोप्ना साथ र पछि मौसम र माटोको अवस्था हेरि ५ देखि ६ पटक सिंचाई गर्ने। पानी जम्न नदिने ।

बाली संरक्षण:-
मुख्यतया प्याजमा थ्रिप्सकिरा लाग्छ र यसले प्याजको पातलाई काटेर खाने हुँदा पात सुकेर बोट मर्दछ ।
यसलाई नियन्त्रण गर्न निमयुक्त विषादी २ मिली प्रति लिटर मानप्मा घोलेर छर्ने । यस्तै बेर्ना सारेपछि २ पटक खरानी छर्ने ।

डाउनी मिल्डयु रोग लागेमा पातमा खैरो रङ्गको ढुसी देखापरि विरुवाको बृद्धि रोकिएर विरुवा पहेलो भइ मर्छ । यस रोगको नियन्त्रण गर्न २ ग्राम कपुर अक्सिक्लोराइड र म्यानकोजेव प्रतिलिटर मानप्मा घोलेर एक हप्ताको फरकमा पालैपालो ३ पटक छर्ने ।
बैजनी धब्बा लागेमा नियन्त्रण गर्ने डाउनी मिल्टयुमा जस्तै गर्ने ।

कालो पोके रोग लागेमा पातको सतहमा कालो थोप्लाहरू देखा पर्दछन् र पातबाट कालो धुलो झर्दछ ।
यो रोग नियन्त्रण गर्न एउटै जमिनमा लगातार प्याज खेती नगर्ने । रोगी बेर्नाहरू उखेलेर नष्ट गर्ने । बेभिष्टिन  २ ग्राम प्रति केजीका दरले बीऊको उपचार गर्ने । यस्तै प्याजमा गानो नलाग्दै फूल फूल्ने समस्या (कोल्टिङ) पनि हुनसक्छ । यसबाट बचाउन सन्तुलन रूपमा रासायनिक मलको प्रयोग गर्ने, सिफारिस गरिएको जात लगाउने, राम्रोसंग हुर्किएको विरुवा मात्र सार्ने र सकभर पौष महिना भित्रै बेर्ना सारी सक्ने ।

Photo

Post has attachment
मेरो कृषि फर्ममा आधुनिक एकहल गोरु भित्राइए एक किसानको अनुभव,
एकहल गोरुलाई एक बर्ष सम्म साधारण नुन पनि र पिठो खुवाउदा पनि नगत रकम जम्मा रु,२१,०००/- खर्च हुदो रहेछ।
त्यो एकहल गोरु बाट एक बर्षमा काम (आम्दानी ) जम्मा रु,८,०००/- लिने रहेछु।

एकहल गोरु पाल्दा एक बर्षमा जम्मा रु,१३,०००/- नोक्सान हुदो रहेछ।
त्यसैले एकहल गोरु पाल्ने ठाउँमा त उन्नत जातको एक माउ गाई पाले दुध, मुत,गोबर र सन्तान दिदो रहेछ।

यो भनेको १०औं गुणा फाइदा रहेछ।
त्यसैले एकहल गोरुको ठाउँमा एक माउ गाई पालि गोरुको काम यो आधुनिक गोरु बाट गरे हामी कृषकलाई धेरै गुणा फाईदा हुदो रहेछ।
त्यही काम गरेको छु।

आधुनिक गोरु खरिद गर्दा त नेपाल सरकारले कुल गोरुको मुल्यमा ५०% अनुदान पनि दिदो रहेछ।

सोताङ अर्गानिक एगृकल्चर सेन्टर
धरान -४,बसन्तटार, सुनसरी
Photo

Post has attachment
फ्रान्सका कालिजको पोखरामा व्यापार ........

पदमराज अधिकारी २२ वर्ष बेल्जियममा बसेर नेपाल फर्किए । पोखरा १४ माटेमसिनाका उनी बेल्जियम छिर्दा ३० वर्षका लक्का जवान थिए । नेपाल फर्किएलगत्तै उनी फुर्सदमा बसेनन् । बेल्जियमको अनुभवले फ्रान्सबाट कालिजका अण्डा ल्याई चल्ला उत्पादन शुरु गरे ।उनले वाइल्ड फुड प्रोडक्ट प्रालि दर्ता गरी गत वर्षको अप्रिलदेखि पोखरा ३३ लामगादीमा कालिजको व्यवसायिक फर्म सञ्चालन गरे । परीक्षणकै क्रममा फ्रान्सबाटै २४ सय कालिजका अण्डालाई ह्याचिङ गरेर चल्ला उत्पादन गरी कालिज फर्म सञ्चालन गरियो । दोस्रो वर्ष २४ सय अण्डाबाट चल्ला उत्पादन भइसकेको अधिकारी बताउँछन् । यी कालिज नेपालमा पाइनेभन्दा फरक प्रजातिका हुन् । अधिकारीले १८ रोपनी जग्गामा प्राकृतिक बासस्थानजस्तै गरी वरिपरि तारजाली लगाएर कालिजपालन गरेका छन् ।

जंगली कुखुरा भनी परिचित कालिज नेपालमा पाल्न र शिकार गर्न प्रतिबन्ध छ । व्यापारिक घरानाले भने सोखको रूपमा कालिज पाल्ने गरेका छन् । विदेशवाट अण्डा ल्याएर ह्याचिङ गरी व्यवसायिक कालिज पालिएको पोखरामा यो पहिलो पटक हो । पोखरा आउने पर्यटकलाई युरोपकै स्वाद दिने गरी कालिजको मासु पस्कने उद्देश्यले युरोपबाटै कालिजका अण्डा ल्याई चल्ला कोरलेर नयाँ व्यवसायका रूपमा कालिज पालन थालेको अधिकारीले बताए । उनले दुई वर्ष बेल्जियममा कालिज पालेको अनुभवका आधारमा यो व्यवसाय शुरु गरेका हुन् । बेल्जियमका कालिज फर्म सञ्चालकमार्फत व्यवसाय गरेको अधिकारीले बताए ।

नेपालमा कालिज पाल्न र शिकार गर्न प्रतिबन्ध छ। पोखरामा भने व्यवसायिक रूपमै कालिज पालिएको छ। फर्मबाट उत्पादित कालिज प्रतिगोटा तीन हजारमा बिक्री हुन्छ। अहिले उनको फर्ममा दुई जातका रिङ नेक प्रजाति र कालो कालिज गरी एक हजार कालिज छन् ।
फ्रान्सबाट अण्डा ल्याई ह्याचिङ गर्दा निकै कम संख्यामा मात्र चल्ला निस्किएको उद्योगका व्यवस्थापक सोमनाथ लामिछानेले बताए । पहिलो लटको कालिजबाट उत्पादन भएका अण्डा ह्याचिङ गरी चल्लासमेत उत्पादन गर्न थालिएको छ । व्यवस्थापक लामिछानेका अनुसार आफैंले चल्ला उत्पादन गरी ठूलो कालिज फर्म सञ्चालन गर्ने ‘ड्रिम प्रोजेक्ट’अनुसार काम अघि बढेकोे छ । फ्रान्सबाट ल्याइएका २४ सय अण्डाबाट २५ प्रतिशत (६ सय) चल्ला मात्र पहिलो लटमा निस्केका छन् । गत वर्ष ह्याचिङ गरी उत्पादन भएका कुखुरा अण्डा दिने भएका छन् । तिनै कालिजले पारेको अण्डा र पछिल्लो पटक फ्रान्सबाट ल्याएको अण्डा ह्याचिङ गरी यस वर्ष दुई हजार चल्ला उत्पादन भएका छन् ।
फर्ममा तयार भएका भाले कालिज मासुको रूपमा बिक्री गरिने, पोथी कालिजबाट अण्डा उत्पादन गर्ने र ह्याचिङ गरी धेरैभन्दा धेरै चल्ला उत्पादन गर्ने योजनाअनुसार काम अघि बढेको छ । अण्डाबाट ह्याचिङ गरी २३ देखि २५ दिनमा चल्ला निस्कन्छन् । केही वर्षमा साढे दुई लाखसम्म चल्ला उत्पादन गर्ने योजनाअनुसार अहिले फर्ममा एक करोड लगानी भएको छ । ६ महिना पालेपछि भाले कालिज मासु खान लायकको हुन्छ । कालिजको मासु पौष्टिकयुक्त र स्वादिलो हुने भएकाले माग निकै भएको व्यवसायी बताउँछन् । अहिले फर्ममा उत्पादन भएका कालिज प्रतिगोटा तीन हजारमा घरबाटै बिक्री हुन्छ । फ्रान्सबाट कालो कालिज र रिङ नेकको अण्डा प्रतिगोटा साढे दुई युरोमा किनिएको छ ।
ढुवानी, ट्याक्स, क्वाराइन्टाइनमा समेत तिर्दा नेपाल आइपुग्दा प्रति अण्डा ११ युरो खर्च लागेको सन्चालक अधिकारीले बताए । यहाँ ह्याचिङ गर्दा प्रतिअण्डा थप ४० रुपैयाँ लाग्छ । अब भने बाहिरबाट अण्डा ल्याउनुपर्दैन । यिनै काजिलबाट उत्पादन हुने अण्डाबाट चल्ला निकाल्न सकिन्छ । आउँदो आवमा दश हजार चल्ला उत्पादन गर्ने प्रालिको लक्ष्य छ । गत वषँ चार सय भाले कालिज बिक्री गरेको प्रालिले यस वर्ष ६ बिक्री गर्ने लक्ष्य राखेको छ । कालिजलाई नरम प्रजातिका घाँस र घरमै खस्रो बनाएर पिसेको गहुँ, मकै दाना दिइन्छ । फर्ममा ६ जनाले रोजगारी पनि पाएका छन् ।
फ्रान्सबाट ल्याएर व्यावसायिक रूपमा कालिज पाल्दा स्थानीय कालिज संरक्षणमा योगदान पुग्ने भएकोले मैले यो व्यवसाय रोजेको हुँ।
पदमराज अधिकारी व्यवसायी १९९५ मा बिजनेस भिसामा बेल्जियम पुगेका अधिकारी युवा उमेर उतैको ब्रुज शहरमा बिताए । दुई छोरा, एक छोरी उतै पढाए । नेपालमै केही नयाँ काम गर्नुपर्छ भन्ने सोचले कालिज फर्म सञ्चालन गरेको उनको भनाइ छ । विस्तारै व्यवसाय राम्रो हुँदै गएपछि छोरा, छोरी र श्रीमतीलाई पनि यतै बोलाउने उनको योजना छ । फ्रान्सबाट ल्याएर व्यवसायिक रूपमा कालिज पाल्दा स्थानीय कालिज संरक्षणमा योगदान पुग्ने भएकोले यो व्यवसाय आफूले रोजेको उनले बताए । यो अभियानले यहाँका स्थानीय जातका कालिजको संरक्षणमा टेवा पुग्ने उनको विश्वास छ ।
कानुनमा के छ.....

नेपालको हिमाल, पहाड र तराईमा कालिज पाइए पनि धेरै संख्यामा पहाडमा पाइने विज्ञहरू बताउँछन् । नेपालमा चिलिमे, मुनाल, डाँफे, फोक्रास, कालिज र चिर गरी ६ प्रजातिका कालिज पाइन्छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना पोखराका संरक्षण अधिकृत ऋषि बरालका अनुसार कालिज समुद्र सतहको दुई सय ४५ मिटरदेखि तीन हजार ५० मिटरसम्म पाइन्छ । नेपालमा कालिजबारे अनुसन्धान नभएकाले कुन प्रजातिका कालिजको अवस्था कस्तो छ भन्ने यकिन नभएको विज्ञ बताउँछन् । सबैभन्दा बढी चोरी शिकारीमा मारिने मारिने चरामध्ये कालिज पनि पर्ने संरक्षणकर्मी राजु आचार्यले जानकारी दिए । वनमा आगलागी हुँदा पनि यी प्रजातिका चरा धेरै मर्ने गरेका छन् । सामुदायिक वन संरक्षणसँगै सामान्यतया यी प्रजातिका चराको संख्या बढेको अनुमान गरिए पनि चोरी शिकारीले कस्तो प्रभाव पारेको छ भन्ने यकिन छैन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ अनुसार कालिज पाल्न र शिकार गर्न निषेध छ ।

विदेशबाट ल्याएको हकमा जुन देशबाट ल्याइएको हो, त्यो देशले कृषिजन्य हो भन्ने प्रमाणित गरेको अवस्थामा कृषि कार्यालयबाट स्वीकृति लिई कालिज पाल्न पाइने प्रावधान रहेको विज्ञहरू बताउँछन् । त्यसरी प्रमाणित नभएमा वन्यजन्तु पाल्नेलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐनअनुसार कारबाही
Photo

Post has attachment
11 october 207

6th international girls day #IGD
Photo

Post has attachment

Post has attachment
Choose A Job You Love,
And
You Will Never Have to Work a Day in You Life.

You just Enjoy Every Moments of Your Life-time.

By. #DevDhawal

Post has attachment
=== पहाडी भेगमा मकै खेती ===

परिचय :
मकै नेपालको तेस्रो खाद्यान्न बालीको रूपमा रहे त पनि पहाडी भेगको लागि प्रमुख बाली नै मकै रहेको स्थानीयहरूको बिचार कसैले झुठो हो भन्न नसक्ने अवस्था छ । मकै बालीलनई उम्रना एकदमै सजिलो हुनुको साथै माटोमा धेरै चिस्यानको अवश्यकता नपर्ने भएको हुनाले डाँडा पाखामा मकै लगाउन किसानलाई सजिलो हुने गर्दा छ । मकै स्वादिष्ट हुनुको साथै विभिन्न परिकार बनाएर प्रयोग गर्न मिल्ने भएको हुनले समेत मकैलाई अन्नको फल भन्ने चलान पनि रहेको छ ।

प्रयोग :
१. कलिलो मकैको कोशा आगोमा पोलेर दाना छोडाउदै खाने
२. मकैको दाना छोडएर भात बनाउने
३. मकैको दाना (गेडा) लाई पिसेर पिठो बनाउने तथा विभिन्न तरिकाले प्रयोगमा ल्याउने
४. मकैका हरिया हागा तथा विरूवाको अन्य भाग घरेलु जनावरको खानाको रूपमा प्रयोग गर्न मिल्ने हुन्छ
५. सुकेको मकैको बिरुवा वा हागाविंग जैविक उर्जाको रूपमा प्रयोगमा आउने हुन्छ

रङ्ग :
मकैको बोट हरियो हुन्छ तथा यसको गेडा हल्का येल्लो रङ्गको हुन्छ ।

संवाद :
मकै स्वादमा मिठो, कडुवा तथा सुपारी जस्तै हुने गर्दछ ।

स्वभाव :
मकै अन्न मध्ये चिसो खाना मान्ने गरिन्छ ।

गुण:
मकै एउटा भारी खाना भएको हुनाले यसको महत्त्व पनि बढी रहेको देखिन्छ । मकै खास्रो हुनुको साथै रूचि बढाउने खाद्यान्न हो । कफ र पित्त नसाकको, पखाला रोक्ने अादिमा सहायक हुन्छ ।

हानिकारक :
मकै एउटा भारी खाना भएको हुनाले यसलाई पचाउन बल बढी लाग्ने हुन्छ तथा कमजोर शरिरिक व्यक्तिको पचाउने शक्ति कमजोर भए मकै त्यो व्यक्तिको लागि हानिकारक हुना जान्छ । मकैले शरिरमा भएको नसामा शिथिलता लाएर कमजोर शरिरिक व्यक्तिलाई हानिकारकको तथ्यको रूपमा काम गरेको हुन्छ ।

मकै खाद्या तत्वहरू भण्डार भएको हुनाले मकैलाई विभित्र विधि विधिवत बाट प्रयोगमा लयमा निम्न रोगहरू निको गर्नामा सहयोगी हुने हुन्छ ।

१. शक्ति वर्धक : मकै मानव शरिरिक लागि शक्ति दिने एक पोषण यूक्त खाने अान्न हो । यसले पेटको आमाशयलाई बलियो र स्वास्थ्य बनाउन सहयोग गर्दा छ । साथै खुन बढाउनमा सहयोगी देखिन्छ ।

२. बच्चाको पोषण तेल: मकैको दाना बाट बन्ने तेललाई नवजात बच्चालाई मालिस गर्दा छिटै भोगाइ हिन्ने शक्ति दिन्छ ।
तेल निकाल्ने विधि: मकैको दानालाई कुटेर/पिसेरा धुलो बनाउने र त्यसमा पानी मिसाई फिटेरा सिसाको भाडोमा/ बोतलमा रखि घाममा सुखाउने , दुधेलु पदार्थ उडेर जान्छ । रहेको भागलाई छानेर तेल मात्रै निकाल्ने ।

३. रूघा खोखी र ज्वारो : मकैको घोघा ( दाना निकाली सकेपछि बचेको ठुटो ) लाई जलाएर बनेको खरानीमा आफ्नो आवश्यकता अनुसार कालो नुन मिसाएर प्रत्येक दिनको ४ पटक १/२ चम्चा मन तातो पानीमा खानाले निको हुन्छ ।

४. पिसाब पोल्नेमा : ताजा मकैको भुट्टा ( घोघा ) लाई पानीमा उमालेर पानीलाई छानी बनेको रासायनिकमा मिश्री मिसाएर खानेले पिसाब पोल्ने दुखः बाट छुटकारा पाईन्छ र गुदोको कमजोरी कम गरेको हुन्छ ।

५. बोमिट : वाकवाकी लगेमा वा वोमिट हुदा घोघको खरानीलाई मह संग मिसाएर चाट्नु राम्रो मानिन्छ ।

६. टि.बि. रोगबाट पीडित व्यक्तिलाई मकैको रोटी खुलाउने रोग निको हुनामा अत्यन्तै सहयोगी हुन्छ ।

७. पथरी : मकैलाई जलाएर बनाएको खरानी तथा जौको खरानी बनाउने र छुट्टाछुट्टै बोतलमा भरेर राखनू पर्छ । अब खान खाई सकेपछि २/२ चम्चा मकै र जौंको खरानीलाई १ गिलास पानीमा घोल बनाउने तथा सो रसायनलाई छानेर पिउने गरे केही दिनमा पथरी गाल्नुको साथै पिसाब राम्रो संग आउने हुन्छ ।

८.


लेखक: कृषक अगुवा "देव धवल"
http://m.me/Devdhawal9870
Photo

Post has attachment

Post has attachment
गहुँ बाली सम्बन्धि केही जानकारी र लुम्बिनी क्षेत्रमा यश बर्षा 2073मा गहुँको अवस्था बारे एउटा… https://t.co/8XR1UoKFWK

Post has attachment
एउटा भनाइ छ- सपना मानिसको भविष्यको सूचक पनि हो । त्यसो त केही मानिस सपनामा अर्धचेतनामा मनमा खेलेका प्रसंग मात्र... https://t.co/XGbRi1fRAJ
Wait while more posts are being loaded