Profile cover photo
Profile photo
The Art of Living Nepal
275 followers
275 followers
About
Posts

Post has attachment

Post has shared content
जीवन रुपान्तरणको सरल उपाय

लिला लामिछाने
मानव जीवनलाई सरल र सहज बनाउन मानव जातिले गरेको अथक प्रयासको परिणाम स्वरुप विश्वमले चरम भौतिक विकास गरेको छ । भौतिक विकासले मानवीय क्रियाक्लापलाई छरितो र गतिशिल त बनाएको छ तर भौतिक सुख सुविधाको उपभोगलाई नै सफलता ठान्ने आजको समयमा मानसिक सुख र शान्तिबाट भने मानिसहरु टाढा हुँदै गएका छन् । निराशा, भय र हीनताबोधका कारण सबै उमेरका व्यक्तिहरु तनावग्रस्त हुँदै गएका छन् । प्रायलाई यो दलदलबाट कसरी बाहिर आउने भन्नेसम्मको ज्ञान नभएकाले उनीहरु विभिन्न ‌औषधीको उपयोग गर्न पुग्छन् । फलस्वरुप रोग निको हुनुभन्दा झन नयाँ रोगबाट ग्रसित हुन पुग्छन् । 
यो परिस्थितिबाट मानव मात्रलाई निकासाको बाटो दिंदै एक असाधारण व्यक्तित्वले यस धरातलमा पदार्पण गर्नुभएको छ । उँहा हुनुहुन्छ पुज्य श्री श्री रवि शंकर जसको जन्म सन् १९५६ मे १३ का दिन दक्षिण भारतको पापनासम गाउँमा भएको थियो । श्री श्री एक विश्व प्रसिद्ध मानवतावादी, आध्यात्मिक नेता तथा शान्तिका दुत हुनुहुन्छ ।चार वर्षको कलिलो उमेर देखिनै उहाँ भागवत गीताका स्लोकहरु कण्ठस्थ सुनाई सबैलाई चकित पार्नुहुन्थ्यो।१७ बर्षको उमेरसम्ममा वैदिक र आधुनिक शिक्षामा उच्चता हासिल गरिसक्नुभएको थियो ।यही समयदेखिनै वैदिक शिक्षालाई जन जनमा पुराउने अव्दितीय कार्यको थालनी गर्नुभयो ।
सन् १९८१ मा उहाँले आर्ट अफ लिभिङ्ग नामक संस्थाको स्थापना गर्नुभयो । उँहा बताउने गर्नुहुन्छ कि सानै देखि उहाँलाई लाग्थ्यो यो दुनियालाई दिनका लागि केही त आउनेवाला छ । आखिर उहाँको त्यो भावले एउटा स्वरुप धारण गरेरै छाड्यो जव नौ दिनको मौन ध्यानको समयमा सन् १९८१ अक्टोवरमा उहाँलाई सुदर्शन क्रिया प्राप्त भयो ।सुदर्शन क्रिया एउटा सरल तर अत्यन्त प्रभावकारी श्वा्सप्रश्वानस प्रक्रिया हो जसले मानिसको शरिर र मनमा गढेर रहेको विकारलाई जरैदेखि निकालेर फालीदिन्छ र एउटा व्यक्तिलाई फूल झै फक्रन मद्दत गर्दछ । तत्पश्चा‍त व्यक्तिले आफूलाई अत्यन्त खाली, खुसी, शान्त र प्रेममय महसुस गर्दछ । यसपछि कुनै पनि व्यक्ति आफ्नो मात्र स्वार्थ पुर्तिको चक्कपरमा अडिरहन सक्तैन । उसलाई अति सुन्दर किसिमले आफ्नो कर्तव्यवोध हुन थाल्छ र उ समाज, राष्ट्र र पुरै विश्व्का लागि केही गर्ने जागर, हौसला र उत्साहका साथ जीवनलाई उत्सव बनाउँदै अघि बढ्न थाल्दछ । सुदर्शन क्रियाले व्यक्तिलाई सारिरिक स्तरमा रोगमुक्त, मानसिक स्तरमा तनाव, भय र हिनताबाट मुक्त गर्दछ ।
 
सुरुका केही वर्ष उहाँ आफैले सुदर्शन क्रिया सिकाउँदै हिड्नुभयो । विस्तारै उहाँले प्रशिक्षकहरु तयार गर्दै जानुभयो । आजसम्ममा संसार भर झण्डै १५००० प्रशिक्षकहरु आर्ट अफ लिभिङ्गको सुदर्शन क्रिया जनजनमा पुर्याउँदै हुनुहुन्छ । सुदर्शन क्रिया पुज्य श्री श्री कै शव्दमा भन्नुपर्दा  “एक्काईसौं सताब्दीको सञ्जीवनी बुटी” हो । 
सन १९९८ मा आर्ट अफ लिभिङ्ग नेपाल भित्रिएको थियो । हालसम्ममा करिव ३०००० मानिसहरुले सुदर्शन क्रियाको लाभ उठाइसक्नुभएको छ । संसारका विभिन्न मुलुकहरुमा विभिन्न सेवामूलक कार्यक्रमहरु संचालन गर्दैआएको यो संस्थाले नेपालमा भने ध्यान सिविरहरु संचालन गर्नमा बढी जोड दिंदै अगाडि बढेको छ । विभिन्न उमेर समूहका व्यक्तिहरुका लागि छट्टाछुट्टै कोर्षहरु पुज्य श्री श्री व्दारा निर्मित छन् र तालिम प्राप्त प्रशिक्षकहरु मार्फत जनजनमा पुग्ने गर्दछन । प्राय दिनमा तीन घण्टाका दरले समय दिनुपर्ने छ दिने कोर्सहरु यहाँबाट सञ्चालित हुन्छन् । यी कोर्षहरु पश्चात कोही पनि व्यक्ति संस्थाको आजीवन सदस्य बनी आफ्नो साधना, सत्सङ्ग र सेवाको कार्यलाई सुचारु राख्न सक्नुहुन्छ । 
यो पङ्तिकार पनि आर्ट अफ लिभिङ्गबाट सञ्चालित विभिन्न कोर्षबाट लाभान्वित हुने मध्धे एक हुँ । मेरो रातमा एक घण्टाभन्दा बढी निदाउन नसक्ने, सहन नसक्ने गरी टाउको दुख्नेट, रिस उठ्ने, टाउकोको दाहिने तर्फको भाग चेतना सून्य भएको, ढाड दुख्नेन, तिघ्रा तथा पीडौलाको माम्सपेसी वाउडिने, धूलो तथा चीसोको एलर्जी र स्तनमा सिष्ट आदि समस्याहरुबाट पीडित थिएँ ।  आर्ट अफ लिभिङ्गको प्रारम्भिक चरणको कोर्ष पश्चाटत धेरै हदसम्म सबै समस्या कम भएबाट DSN तथा एडभान्स कोर्स गर्दा सबै समस्याबाट मुक्त हुन पुगेँ । यसले मेरो आर्ट अफ लिभिङ्ग र यसका प्रणेता श्री श्री ज्यू प्रति श्रद्धा बढ्न गयो । मैले आफूलाई आफूजस्तै समस्याग्रस्त व्यक्तिहरुलाई समस्या मुक्त गर्ने अभियानमा समर्पित गर्ने अठोटका साथ आवश्यक सवै तालिम प्राप्त गरी आर्ट अफ लिभिङ्गको प्रशिक्षक बन्न पुगें ।  
सेवा आर्ट अफ लिभिङ्गको एउटा अभिन्न पाटो हो ।यसले विश्व व्यापी रुपमा दीगो ग्रामिण विकास, रसायन मुक्त खेती, आपतकालीन सहायता, शान्ति स्थापना, महिला सशक्तिकरण, शिक्षा, स्वास्थ्य तथा दुर्व्यसनमा लागेकाहरुको पुनरस्थापना जस्ता सेवाका कार्यहरु सञ्चाअलनमा ल्याएको छ।
सेवा आर्ट अफ लिभिङ्गको एउटा अभिन्न पाटो हो ।यसले विश्वाव्यापी रुपमा दीगो ग्रामिण विकास, रसायन मुक्त खेती, आपतकालीन सहायता, शान्ति स्थापना, महिला सशक्तिकरण, शिक्षा, स्वास्थ्य तथा दुर्व्यसनमा लागेकाहरुको पुनरस्थापना जस्ता सेवाका कार्यहरु सञ्चा्लनमा ल्याएको छ।यिनै सेवा कार्यहरु मार्फत श्री श्री ले संसारलाई एउटा विश्वा परिवारका रुपमा देख्दै आउनुभएको छ । सवै धर्म, संस्कृति र मान्यताहरलाई सम्मान गर्दै सबैले आ-आफ्नो क्षेत्र र स्तरबाट यी धरोहरहरुको जगेर्ना गर्न सबैलाई आव्हान गर्नुहुन्छ । 
सेवालाई सर्वोपरी स्थान दिएर काम गरेकै कारण संस्था आज संसारको सबैभन्दा ठूलो स्वयम्‍ सेवी संस्थाको रुपमा स्थापित भएको छ ।

Post has attachment

Post has attachment

Post has attachment

Post has attachment

Post has attachment
Support our #TheArtofLiving #Nepal #VFAPN's initiative Sri Sri Bal Sanskar Kendra

Post has attachment
Project #ReBuildWeBuild, a collaborative initiative of International Association for Human Values and The Art of Living - Nepal to reconstruct #earthquake affected areas of rural #Nepal. The following vacancies are open for the project -

- Field Officer
- Project Assistant
- Receptionist

#NepalEarthquakeRelief
#IAHV #VFAPN

+Dinesh Lama +Neeraj Kohli +Santosh Sharma
+Art of Living Social Media +Art of Living Yltp
+Backup of Art of Living
+Art of Living Universe

Post has attachment

Post has attachment
Volunteer For A Prosperous Nepal #VFAPN - An initiative of +Art of Living +The Art of Living Nepal congratulates 40,000+ #volunteers   involved - 35,016 attendees and others as #volunteer , #supporters , #media , #observers   as well as all the well wishers :) 

#LargestHumanFlag  with all the smiling faces in you :) Keep #Smiling  & Be #TrulyHappy  :D

Thanking all

--
The Art of Living Foundation
and 
Volunteer For  A Prosperous Nepal & The Art of Living Nepal Family 
Photo
Wait while more posts are being loaded