Profile cover photo
Profile photo
Astha cancer Foundation
1 follower
1 follower
About
Posts

केमोथेरापी (क्यान्सर)

परिचय

साधारणतया केमोथेरापी भन्नाले कुनै पनि औषधिको प्रयोग गरेर उपचार गर्ने भन्ने बुझिन्छ I तर चलन चल्तीको भाषामा केमोथेरापी भन्नाले औषधिको प्रयोग गरि क्यान्सरको उपचार भन्ने बुझिन्छ I

क्यान्सरको नाम सुन्ना साथ सबैमा डर र त्रास को भावना उत्पन्न हुने गर्दछ I क्यान्सर असाधारण र जटिल रोग भएता पनि यसको बारेमा कम ज्ञान भएकोले गर्दा नै बढी डर लाग्ने कुरा प्रस्ट छ I क्यान्सर रोग लागे पछि उपचार सम्भब छैन र छिटै नै ज्यान जान्छ भन्ने सोचाईले गर्दा बढी समस्या भएको देखिन्छ I तर वास्तवमा त्यो सहि होइन I क्यान्सर भई सके पछि पनि धेरै प्रकारको उपचार सम्भव छ र उपचार पछि रोग निको हुने सम्भावना पनि राम्रो रहेको छ I

क्यान्सरको उपचार गर्ने साधारणतया ३ प्रकार को k$tL छ I

१. सर्जरी : यस k$tLमा जुन भागमा क्यान्सर लागेको छ त्यो भागलाई अपरेसन गरेर शरीरबाट फाल्ने भन्ने बुझिन्छ I जब सम्भव हुन्छ, यो उपचार सबै भन्दा प्रभावकारी हुन्छ I
२. रेडिएसन थेरापी : यस k$tLमा विकिरणको प्रयोग गरेर क्यान्सरको उपचार गरिन्छ I रोग अनुसार सहि ठाउँमा प्रयोग गरे मा यस k$tLबाट विभिन्न प्रकारको क्यान्सरको निदान हुन सक्छ I
३. केमोथेरापी : यस k$tLमा औषधिको प्रयोग गरि क्यान्सरको उपचार गरिन्छ I



केमोथेरापी

क्यान्सर केमोथेरापी भन्नाले विभिन्न प्रकारको औषधिहरुको प्रयोग गरि क्यान्सरलाई निर्मुल पर्ने k$tL बुझिन्छ I औषधिको प्रयोगले क्यान्सर कोशिकाहरूलाई मारेर शरीरलाई क्यान्सर मुक्त बनाउने कोशिस गरिन्छ I क्यान्सरको उपचारको सन्दर्भमा यो एक मान्यताप्राप्त र प्रभावकारी पद्धती हो I यस k$tLमा विभिन्न प्रकारका इन्जेक्शन औषधिहरुलाई सलाइन पानीमा मिसाएर दिइन्छ I कतिपय केमोथेरापी औषधिहरु खाने चक्कीको रुपमा पनि पाइन्छ I

केमोथेरापी प्रयोग गर्ने अवस्थाहरु

केमोथेरापी प्रयोग गर्ने अवस्थाहरुलाई मुख्यतया ४ प्रकारका हुन्छन I यी अवस्थाहरु उपचारबाट खोजेको परिणाममा भर पर्दछ I

१. क्युरेटिभ इण्टेण्ट : यस प्रकारको उपचारमा केमोथेरापीको प्रयोगबाट सम्पूर्ण क्यान्सर कोशीकाहरुलाई मारेर शरीरलाई क्यान्सर मुक्त बनाउने कोशिस गरिन्छ I यो उपचार पछि बिरामीहरु पूर्णतया क्यान्सर मुक्त भएर साधारण जीवन बिताउन सक्छन I सबै क्यान्सरमा यो उपचार सम्भव छैन I यस प्रकारको उपचार बढी जटिल हुनुको साथै यसमा साईड इफेक्टहरु पनि बढी हुने गर्दछ I साथै यस्तो उपचार गर्न दक्ष जनशक्ति र राम्रो सपोर्ट टिमको पनि आवश्यकता पर्दछ I यस प्रकारको उपचार सम्भव हुने क्यान्सरहरुमा ब्लड क्यान्सर, लिम्फोमा, जर्म सेल ट्युमर, कोरिओ कार्सिनोमा, टेस्टीकुलर क्यान्सर पर्दछन I

२. आडजुव्हेट इण्टेण्ट : यस प्रकारको उपचारमा अपरेसन गरि सकेका बिरामीहरुलाई थप औषधीको प्रयोग गरि क्यान्सरलाई पूर्णतया निर्मुल पर्ने कोशिस गरिन्छ I अप्रेशन गरिसकेका बिरामीहरुको प्याथोलोजी रिपोर्ट हेर्दा रोग फेरि बल्झिने सम्भावना देखिएमा यो उपचार गरिन्छ I यस प्रकारको उपचारबाट पनि धेरै प्रकारका क्यान्सरहरु निर्मुल पार्न सकिन्छ I यस प्रकारको उपचार सम्भव हुने क्यान्सरहरुमा ब्रेस्ट क्यान्सर, आन्द्राको क्यान्सर, पेटको क्यान्सर, फोक्सोको क्यान्सर, पेडियट्रिक सोलिड ट्युमर, सारकोमा, ऒव्हेरीको क्यान्सर पर्दछन I


३. निऒ आडजुव्हेट इण्टेण्ट : यस प्रकारको उपचार k$tLमा अपरेसन गर्नु भन्दा पहिले केमोथेरापी दिईन्छ I यदि ट्युमरको मात्रा र आकार ठुलो छ भने पहिले केमोथेरापी दिएर ट्युमरलाई सानो बनाउने कोशिश गरिन्छ र त्यसपछि सम्पूर्ण ट्युमरलाई अपरेशन गरेर शरीरबाट फालिन्छ I यस प्रकारको उपचारबाट पनि धेरै प्रकारका क्यान्सरहरु निर्मुल पार्न सकिन्छ I यस प्रकारको उपचार सम्भव हुने क्यान्सरहरुमा ब्रेस्ट क्यान्सर, आन्द्राको क्यान्सर, पेटको क्यान्सर, सारकोमा, युरोथेलिअल क्यान्सर पर्दछन I

४. प्यालियेटिव इण्टेण्ट : निर्मुल पर्न नसकिने क्यान्सरहरुलाई यस प्रकारको पद्धतीबाट उपचार गरिन्छI यो पद्धतीबाट बिरामीहरुमा क्यान्सरबाट हुने लक्षणहरु लाई कम गरि बिरामीको जीवन बढी सजिलो बनाउने कोशिस गरिन्छ I यस प्रकारको उपचारबाट बिरामीलाई क्यान्सरले गर्दा भइरहेको लोकल र सिस्टेमिक इफेक्टहरु कम गर्न सकिन्छ I यस किसिमको उपचारबाट जीवनको आयु पनि केहि मात्रामा लम्बिने गर्दछ I साधारण भाषामा यहि प्रकारको उपचारलाई क्यान्सर र यसको उपचारको पर्यायबाचीको रुपमा लिने गरेको पाइन्छ I यस प्रकारको उपचार सम्भव हुने क्यान्सरहरुमा पित्तको थैलीको क्यान्सर, प्यान्क्रियासको क्यान्सर, मेटास्टाटिक ब्रेस्ट क्यान्सर, मेटास्टाटिक आन्द्राको क्यान्सर, रिकरेण्ट क्यान्सर पर्दछन I

केमोथेरापीका फाइदाहरु

कालान्तार देखि विश्वभरि नै क्यान्सर सम्बन्धि विभिन्न सोधहरु भइ रहेकोछ र अहिलेको युगमा अझ बढी सोधहरु हुँदैछ I यो सबैको नतिजा अनुसार हाल क्यन्सार सम्बन्धि उपचार पनि सार्है नै विकसित हुँदै गई रहेको छ I यस अर्थमा अहिले केमोथेरापीमा पनि नयाँ नयाँ k$tLहरु विकास हुँदै गएको छ I अहिले प्रयोग गर्न सकिने औषधिहरु ट्युमर स्पेसिफिक हुनुको साथै साइड इफेक्ट पनि कम छ I

क्यान्सर लागेका बिरामीरु लाई मुख्यतया रोग लागेको भाग को लोकल लक्षण, फैलिएको भए त्यस भागको लक्षण र क्यान्सरको सिस्टेमिक लक्षण देखा पर्ने गर्दछ I केमोथेरापीले लोकल तहमा र फैलिएको ठाउँमा ट्युमरको आकार घटाएर लक्षण कम गर्दछ भने सरकुलेटिंग ट्युमर बर्डेन कम गरेर सिस्टेमिक लक्षण पनि कम गर्छ I केमोथेरापीले बिरामीहरुमा देखा पर्ने प्यारा नेओप्लास्टिक सिम्टम पनि कम गराउन d$t गर्दछ I


केमोथेरापीका साईड इफेक्टहरु

केमोथेरापी सिस्टेमिक थेरापी भएको हुँदा यसले क्यान्सर कोशीकाको साथै नर्मल कोशीकाहरुमा पनि असर गर्दछ I केमोथेरापीको मुख्य एक्शन फास्ट ग्रोविङ्ग सेल्समा हुने हुँदा कपाल झर्ने, मुखमा घाउ आउने जस्ता साइड इफेक्टहरु देखिन्छ I
साथै हरेक औषधि को आफ्नै साइड इफेक्ट पनि हुने गर्दछ I यसमा शरीरको रगत कम हुने, नयूट्रोफिल कम भइ इन्फेक्सन हुने, प्लटेलेट कम भइ रगत बग्ने हुन सक्छ I त्यस्तै पातलो दिशा जाने, कब्जियत हुने जस्ता समस्या पनि हुन सक्छ I साथै केमोथेरापी को सिस्टेमिक साइड इफेक्ट ले गर्दा शरीर कमजोर हुने, आलस्यता लाग्ने, केहि पनि गर्न शक्ति नभएको जस्तो हुने जस्ता लक्षण पनि देखा पर्छ I
यी सबै लक्षणहरु क्ष क्ष)fLs मात्र रहन्छ र बिस्तारै सबै लक्षण हराउँदै जान्छ I तर केमोथेरापीबाट हुने फाइदाहरु लामो समय सम्म रही रहन्छ I साइड इफेक्टलाई कम गर्दै केमोथेरापी पुरा गरेमा यसबाट धेरै फाइदा हुन निश्चित छ I


केमोथेरापीको बारेमा रहेका भ्रमहरु

केमोथेरापीको बारेमा धेरै प्रकारका भ्रमहरु छन् I यी भ्रमहरुले गर्दा जनमानसमा केमोथेरापी सुरु गर्न र उपचार पुरा गर्नमा बाधा पुग्ने गरेको छ I केहि भ्रमहरु र तिनीहरुको सत्यता यस निम्न अनुसार छन् I

१. केमोथेरापी अन्तिम अवस्थामा मात्र प्रयोग हुन्छ : असत्य I माथि लेखमा उल्लेख भए अनुसार विभिन्न प्रकारको क्यान्सरमा केमोथेरापी दिनुको उदेश्य फरक फरक हुन्छ I क्युरेटिभ इण्टेण्ट, आडजुव्हेट इण्टेण्ट र निऒ आडजुव्हेट इण्टेण्टको केमोथेरापीमा क्यान्सरको सुरुको अवस्थामा केमोथेरापी दिइन्छ भने प्यालियेटिव इण्टेण्टको केमोथेरापी मात्र अन्तिम अवस्थामा मात्र प्रयोग हुन्छ I

२. केमोथेरापीले बिरामीलाई झन् गाल्छ : असत्य I बिरामीलाई क्यान्सरको लक्षणले गर्दा कमजोरी भएको बेलामा केमोथेरापी चलाए पछि शरीरमा क्यान्सरको मात्रा कम हुँदै जान्छ र फाइदा नै हुन्छ I केमोथेरापीको साथमा शरीरले पनि क्यान्सरसंग लड्ने क्रममा केहि समय कमजोरीको महशुस भए पनि पछि गएर फाइदा नै हुन्छ I

३. केमोथेरापीले फाइदाको सट्टा नोक्सान मात्र गर्छ: असत्य I क्यान्सरको प्रकार र स्टेज हेरी कन फाइदा हुने गर्छ I उपचार राम्रो हुने क्यान्सर र अगाडीको स्टेजको क्यान्सर भएको अवस्थामा पक्कै पनि फाइदा हुन्छ I बिरामीहरुमा देखिने साइड इफेक्टलाई नोक्सान मान्नु हुन्न किन भने यो केहि समयको लागि मात्र हुन्छ र पछि गएर फाइदा नै हुन्छ I केहि बिरामीमा पहिला केहि सपोर्टिव उपचार गरेर मात्र केमोथेरापी गरेमा यो साइड इफेक्ट पनि कम गर्न सकिन्छ I

४. केमोथेरापी धेरै महँगो हुन्छ : यो पुरा सत्य होइन I कतिपय केमोथेरापीको मूल्य धेरै हुँदैन I जस्तै ब्लड क्यान्सर, लिम्फोमा, सार्कोमा आदिको केमोथेरापी औषधिहरु महँगो हुँदैन I कतिपय औषधि महँगो भएता पनि त्यसको बदलामा अन्य औषधि पनि प्रयोग गर्ने मौका हुन्छ I नेपाल सरकारले सम्पूर्ण नेपाली दाजु भाई, दिदी बहिनीहरु लाई रु. १ लाख बराबर को केमोथेरापी खर्च उपलब्ध गराउने हुँदा पनि कुनै पनि नेपाली नागरिक खर्चको अभावमा उपचारबाट बन्चित हुनु पर्दैन I

५. बारम्बार चलाउंदा खर्च मात्र हुन्छ र फाइदा हुँदैन : यो पुरा सत्य होइन I कतिपय अवस्थामा दोश्रो अथवा तेश्रो पटक पनि केमोथेरापी लगाउनु पर्ने हुन्छ I यस्तो अवस्थामा उपचारमा संलग्न डाक्टरसंग उचित परामर्श लिएर मात्र उपचार गर्नु पर्छ I साधारणतया यस्तो उपचार बाट धेरै फाइदा हुँदैन र केहि लक्षण मात्र कम हुने गर्छ I तर कतिपय अवस्था जस्तै लिम्फोमा को दोश्रो अथवा तेश्रो केमोथेरापी गर्दा रोग फेरि निर्मुल हुने सम्भावना पनि हुन्छ I


डा. राजीब कुमार देव
वरिष्ठ क्यान्सर विशेषज्ञ
Add a comment...
Wait while more posts are being loaded