नेवार दाइको खर्पन
बाहुन बाजेको तर्पन
थारु भाईको मदेसमा
मुलुक टुक्रिन्छ प्रदेसमा
...
तमाङ दाइको बारीमा
गणतन्त्र गोरु बसेछ
गुरुङ बाको घर भित्र
संघीयता लुतो पसेछ

दमाइ काका रुदैछन
उनी परदेशी हुँदैछन
कामी बा जिल्लै छन
नेता चाइ टिल्लै छन

गणतन्त्र बन्यो बिपती
कल्ले गर्ला र ओखती
देश मर्ने भो अब त
संघीयताको घोचाइमा
कस्तो सैतान बसेछ
नेताजीको सोचाइमा
जय देश जय भाग्य
Shared publiclyView activity